आकाशको‘ओ माई लर्ड’ मा वर्षा र जिवेश

एलिना चौहान र आकाश मगरको युगल स्वरमा ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । गीतमा आकाशकै संगीत रहेको छ भने गीतलाई  दीपक पाठक र आकाशले  लेखेका छन्।

यूवायूवती विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यो भिडियोमा  वर्षा सिवाकोटी र  जिवेश गुरुङको अभिनय छ । रुपेश थापाले छायांकन गरेको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।