ओहो सारा


शिर्षकमा किन भनिएको हो ओहो सारा भनेर छक्क हुनु भयो होला भनेर भनौ । सारा सिर्पाली चिन्नुहुन्छ नी । सुश्री सम्पत्तीकी अभिनेत्री । अभिनेता अनमोल केसीसँग प्रेमको हल्ला पनि चल्यो उनको । कुरा सेलायो । साराको करिअर पनि सेलाएको नै हो भनेर भनौ ।

प्रेमको चर्चा चल्यो त्यो बेलामा । अहिले त दुबैले अनफलो गरेर खत्तम । के हो के है सम्बन्ध पनि कलाकारको ।

सारा अनमोलसँग टाढा भएपछि उनले ट्रेकिङमा मन बनाइन् । घुमिन् खुबै । अब, फोटो आयो है फोटो । फोटो हेरेपछि सबैले ओहो नै भन्नुहुन्छ ।

साराले सार्वजनिक गरेको फोटोमा उनी सुन्दर देखिइन् । राम्री त हुन् के उनी । तर, फिल्म नचलेपछि के लाग्ने हो र । सुन्दरताले मात्र फिल्म नचल्ने । ब्यानर गतिलो परेन कि के भयो । चल्नुपर्ने अभिनेत्री हुन् उनी ।

अनमोलले साथ दिन्छन् कि भनेर भनौ भन्दा पनि अब अनफलो नै चल्यो । साराको गुञ्जन फिल्म आउँदैछ । यो फिल्म चलेपछि हुने होला केही । अहिले त साराको यस्तै फोटो नै हेर्ने त होला ।