‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

फिल्म ‘‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ । फिल्म अर्को वर्ष अर्थात २०२२ को जनवरी २६ तारिखमा प्रदर्शन हुने भएको छ। फिल्ममा अभिनेता अक्षय कुमारका साथमा अभिनत्री कृती सेननको मुख्य भूमिका छ । फिल्म फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनेको हो।

अभिनेता अक्षय कुमारले फिल्मको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । उनले सार्वजनिक गरेको तस्विरमा अक्षयको यो गेटअपलाईउ दर्शकलाई लोभ्याएको छ। जसका कारण अहिले ले दर्शकमाझ कौतहुलता जगाएको छ । अभिनेता अक्षय कुमारको ‘बेल बटम, रक्षा बन्धन’ लगायत केहि फिल्म रिलिजको क्रममा छन्।