चर्चित बनाइदिन्छु भन्दै पैसाकालागी मुख आँ गर्ने धेरै भए: आर्यन शाही

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित ‘प्रश्नउत्तर’ कविताको ‘उद्देश्य के लिनु–उडी छुनू चन्द्र एक‘ भन्ने हरफ जस्तै छ उनको सोच र सपना । मानिस आफ्नो लक्ष्य उदेश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ , ढिला चाँडो सफल होइन्छ । ठिक यस्तै सूत्र अपनाइरहेका छन् गायक तथा निर्देशक आर्यन शाही । नेपाली सांगीतिक क्षेत्रमा उदाए सँगै सफल हुन लगातार लागीराखेका एक होनाहार संगितकारको चर्चा हो यो ।

काभ्रे जिल्ला घर भई हाल काठमाडौ बानेश्वरमा बस्दै आएका आर्यन नेपाली सांगीतिक क्षेत्रमा धेरै पुरानो नाम हो । आर्यन सांगीतिक क्षेत्रमा उदाई सकेको नाम हो ।

यस क्षेत्रमा निरन्तर ११ बर्ष देखी सङ्घर्षरत छन् । ३० बर्षका आर्यन, सुरुवाती दिनमा उत्कृष्ट काम गरे पनि केही समय यता विस्राम लिएका थिए । उनै आर्यन हिजो आज फेरी संगित र म्युजिक भिडियो निर्देशकका रुपमा आफुलाई अगाडी चिनाउदै फेरी उदाउदै छन् ।

आज भोली के मा ब्यस्त हुनुहुन्छ आर्यन जि ?

नयाँ सिर्जनाको तयारीमा छु ।

तपाईको संगितिक यात्रा कहिलेबाट सुरु भयो, त्यो समय लाई कसरी सम्झनु भएको छ ?

मेरो संगितिक यात्रा २०६७ सालमा कलेजको बार्यक्रमबाट सुरु भएको हा् । त्यस पस्चात विभिन्न महोत्सब हुदै २०७० साल मलाई माफ गरिदेउ एल्बमबाट पुर्ण रुपमा सुरुवात भएको हो । त्यही नै मेरो लागी पहिलो खुडकिलो बन्यो । यसको श्रेय मेरो परिवार र विक्रम थापा दाईलाई जान्छ ।

दश भन्दा बढी एल्बम र म्युजिक भिडियोमा काम गरिसकेपछी कि न हराउनु भएको हो रु आज भोली त्यती गरेको देखिदैन नि रु
मलाई जहाँ सम्म लाग्छ हरेक कुराको समय हुन्छ र समय भन्दा बलवान कोही हुदैन । यही सांगीतिक यात्राको क्रममा केही राम्रा मन्छे भेटिए भने धेरै जसो आफ्नो स्वार्थ बोकेर म जस्तो संगीत क्षेत्रमा केही गरछु भनेर लाग्ने मान्छेलाई लुटने भेटिए जस्मा म पनि एक पर्छु ।

के कारणले गर्दा लुटिनु भएको हो ?

कारण त धेरै छन्, म जस्ता धेरै जो संगीतमा जिबन देख्छन्, यसैमा केही गरेर देखाउछु भन्नेहरुलाई कहिले राम्रो म्युजिक भिडियो त्यसको राम्रो र चर्चित बनाइदिन्छु भन्दै पैसाकालागी मुख आँ गरेर बसने धेरै भएका कारण म मात्रै हैन थुप्रै नै हराउन बाध्यय छन् । बाध्यय भइदो रहेछ ।

पैसा कस्ले खाइको हो नाम भन्न मिल्छ ?

राम्रो म्युजिक भिडियो र त्यसको प्रचार प्रसार तथा मेरो संगितको सिआर बिटी, पिआर बिटी निकै नै बिक्री भएता पनि आफु सिर्जना कर्ता हुदाँ पनि एक सुका पनि पाँइन त्यो पैसा म्युजिक कम्पनी सबिज मिडिया र निर्देशक ले पचाँए त्यो गित मैले र राजिब शिहं कुवँरले गरेका थियौं । त्यसको समाचार हिमालयन टाइम्सले समेत कबरेज गरेको थियो ।

तपाईका दर्शकले अब कुनै नयाँ सिर्जना देख्न पाउछन् कि अझै समय परखिन पर्ने छ ?

तपाई यो न सोचनुस् कि केही समय सांगीतिक यात्रामा बाधा अड्चन आउदैमा आर्यन शाही हरायो भनेर । तपाँई यसरी पनि न सोचनु कि बाघ ले एक दुई कदम पछाडी सार्यो भन्दैमा बाघ डरायो । जब त्यही बाघले आफ्नो सिकार माथी नपत्याउदो छलाङ मारेर आफ्नो सिकारलाई आफ्नो पकड्मा लिन्छ, त्यसै गरी म पनि एउटा राम्रो संगित लिएर चाँडै नै सारा संगित प्रेमीहरुको मनलाई आफ्नो पकड्मा लिन्छु यो नै मेरो लक्ष्य हो ।

के कारणले तपाँई संगितकार, गायक बाट निर्देशक बन्नु भयो ?

सुरुवाती क्रममा म संगितकार र गायकको रुपमा यात्रा तय गर्दे गर्दा म सँग यस्ता यस्ता स्वार्थी साथीहरु संग भेट भयो । म म्युजिक कम्पनीबाट ठगिए र त्यसैको इखले मैले आफैले म्युजिक कम्पनी खोले र त्यही क्रममा राम्रो काम गर्दै गर्दा पुर्ण रुपमा अरुनै म्युजिक भिडियो निर्देशकद्धारा फेरी धोका खान पुगे । त्यस पस्चात म आफैले उनिहरु भन्दा राम्रो म्युजिक भिडियो निर्देशक बन्छु बन्ने अठोटले गर्दा म आफु निर्देशक बन्न पुगेको हुँ ।

अन्तयमा तपाईले गर्नु भएका मध्य उत्कृष्ट संगित र म्युजिक भिडियो छान्नु पर्दा कुन कुन म्युजिक भिडियो छान्नुहुन्छ ?

आफुले गरेका सबै कार्यहरु राम्रा लाग्छन् । अब त्यसमा पनि छान्नु पर्दा एक त मेरो पहिलो संगित मलाई माफ गरिदेउ, जब सुने, अधेँरी रात, तिमी र म र सधै सधै रहेका छन् ।