सुबर्ण र रोसनीको ‘सालको पात बजाउनेले…’ सार्वजनिक

गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
यस अघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भिमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भिम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाणी बस्नेत फिचर्ड छन । भिडियोमा समावेस यि चार जना मोडलको डान्सले दर्शकहरुलाई झुमाउने छ ।

बिगत लामो समय देखी डान्सलाई आफ्नो पेशा बनाउदै आएका मोडल द्वय भिम घिसिङ र करिश्मा मगरको उत्कृष्ट डान्स र बिगत लामो समय देखी गायकको रुपमा परिचित गायक गोबिन्द गौतम र नयाँ प्रस्तुतिको रुपमा रहेकी गिर्बाणी बस्नेतको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने पक्का छ ।

गायक गोबिन्द गौतमको अफिसियल युट्युब च्यानल गोबिन्द गौतम बाट सार्वजनिक गरिएको गीतको भिडियोमा शिव शर्माको कोरियोग्राफी रहेको छ । खमेश श्रेष्ठको शाह निर्देशन रहेको भिडियोमा प्रवेश पोख्रेलको छायांकन र सुरेश श्रेष्ठको सम्पादन रहेको छ । गीत आँफैमा उत्कृष्ट र त्यसमाथि भिडियो सर्बोत्कृष्ट बनेकोले दर्शक स्रोताहरुले गीत मन पराउनेमा आफुहरु ढुक्क रहेको निर्माण पक्षले जनाएको छ ।