वर्षा, भो त अब


दुई वर्षा छन् फिल्म क्षेत्रमा । वर्षा राउत र वर्षा सिवाकोटी । एक वर्षाको कुरा भयो अघिल्लो गसिपमा । यसमा वर्षा राउतको कुरा गरौ भनेर भन्नुहोस् ।

अभिनेत्री वर्षा राउत वच्चै छिन् भनेर उनका पति संजोग कोइराला भन्छन् । होला होला भनेर भन्छन् देख्ने पनि । संजोगले नै भनेपछि नमान्ने पनि कसरी ।

वर्षा राउतको बोल्ने तरिका, उनको अभिव्यक्ति हेर्दा पनि लाग्ने कुरा भयो यो । वर्षा राउतको एउटा फोटोमा भो त अब भनेर संजोगले लेखेका छन् । भयो के भन्दा, वर्षा केही कुरा खादैछिन् । तर, उनले खानेकुरा आधा भन्दा बढी आफ्नो कपडामा पोखेकी छिन् । वच्चाले गर्छन् नी यस्तो व्यवहार ।

यो देखेपछि संजोग त छक्क पर्ने नै भए । अनी, उनी भो त अब भनेर लेख्दैछन् । वर्षा राउत आफै आमा बन्ने बेलामा अब यस्तो वच्चा व्यवहार । भएन है भएन । संजोग त छक्क परेका छन् ।