हलबाट उत्रियो ‘एउटा यस्तो प्रेम कहानी’

कोरोना महामारीका कारण बन्द भएका फिल्म हल खुलेपनि दर्शक हलमा आउन सकेका छैनन्। नेपाल चलचित्र संघको एकतफी रुपमा पौष १० गतेबाट हल सञ्चालनमा आएपनि हलमा दर्शक तान्न सकेको छैन। सरकारले हलवालाको कुरालाई मान्दै माघ १ गतेबाट स्वास्थयमापदण्ड अपनाउदै हल खोल्न अनुमति दिएको थियो ।

हल खोलेकै दिनबाट अभिनेता तथा निर्माता शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेमकहानी’ रिलिज गरे। उनले जोखिम मोलेर फिल्म हलमा लगाए भनेर चौतफी तारिफ पनि बटुले। तर, फिल्मले दर्शक पाउन सकेन । १० महिना देखि बन्द रहेका हलले राहत पाउँछन् भन्ने आसमा बसेका निर्माता तथा हलवालाहरु निराशबाट माथी उठ्न सकेनन्।

फिल्म हलमा लगाउँदा दर्शक आउँछन् भन्ने आसमा बसेका हलवाला निराशकाबीच हलबाट फिल्म उतार्न बाध्य भए। फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेका कारण फिल्मले हलमा दर्शक फर्काउने अपेक्षा गरिएको थियो ।  कलाकारहरुले फिल्मको छायांकन नै पूरा नभइ प्रदर्शन गरिएको भन्दै गुनासो पोखेका थिए। नभन्दे फिल्मले त्यस्तै गति लिएको हल सञ्चालकहरु बताउँछन्।

उनीहरुले कमजोर कथावस्तु र प्रस्तुतिका कारण दर्शक नराम्रोसँग विच्किएको बताएका छन् । नेपाली फिल्मका लागि दर्शक ८– १० जना भन्दा बढि आउँदैनन्। बरु बलिउडको मास्टर फिल्मलाई दर्शकले मन पराइदिएका छन्। यो फिल्मले दर्शक राम्रो पाएको हलवालाले जानकारी दिएका छन्। हलमा दर्शक नआएको भन्दै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शिव श्रेष्ठको फिल्म ११ दिनबाटै हटाएको जानकारी दिएको छ । क्यूएफएक्स चेनमा ‘मास्टर, मोनस्टर हन्टर र द इनभिजिबल म्यान’ मात्रै राखेर सोमबाट हटाएको हो।

फिल्ममा अभिनेता शिव श्रेष्ठका अलवा प्रियंका कार्की, बर्षा राउत ,कविता मानन्धर,शक्ती श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ।