नेपाली फिल्मको इतिहास ५० वर्ष पुरानो मान्नुहुन्न –दीपकराज गिरी

अभिनेता दिपकराज गिरीले नेपाली फिल्मको ३ दशक मात्र भएको बताएका छन्। उनले घान्द्रुकमा आयोजना गरिएको फिल्म संवादको दोश्रो सेसन ‘सिनेमा साहितयः सम्बन्ध र साझेदारी’ बिषयमा बोल्दै दिपकले ३० वर्ष मात्र नेपाली फिल्मको इतिहास भएको बताए। उनले एकाध बनेका फिल्मलाई गनेर मात्रै नेपाली फिल्मको इतिहास ५० बर्ष पुगेको बताए ।

उनले नेपाली फिल्मको इतिहास ५० वर्ष पुरोनो मान्न नहुने बताए । कार्यक्रममा कलाकार दिपकले भने,‘प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली फिल्मको उत्थान भएको हो । ३० वर्षको मात्र नेपाली फिल्मले यात्रा पार गरेको छ ।’

कार्यक्रममा उनले साहित्य लेख्ने र बोल्ने चिज दुबै फरक रहेको बताए । उनले व्यवहारिक जीवनसँग जोडिने संवादले चलचित्रमा दर्शकलाई जोडने गर्दछ भने लेखिने र बोलिने भाषामा फरक भएका कारण नेपाली साहित्यमाथि चलचित्र कम बनेका प्रष्ट पारे। ‘ जटिलताका कारण नेपाली चलचित्रका निर्माता साहित्यमाथि चलचित्र बनाउन डराएका हुन्,’दिपकले भने।

चलचित्र पत्रकार संघका कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दीपछि खुलेको चलचित्र क्षेत्र र पर्यटनको प्रचारका लागि कार्यक्रम आयोजना गरिएको बताए । उक्त छलफल कार्यक्रममा अभिनेता दीपकराज गिरी, लेखक गनेश पौडेल र कवि भूषिता वशिष्ठ सहभागी थिए । निर्देशक तथा संचारकर्मी दिनेश डीसीले यो सेसनको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।