फागनुको तेस्रो साताबाट कमेडी च्याम्यिन शो टिभीमा

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुनको २१ गतेबाट प्रशारण हुने भएको छ । पहिलो रियालिटी शो प्रसारण भएकै टेलिभिजन च्यानल अर्थात कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट प्रशारण हुनेछ ।

अहिले दोश्रो सिजनको अडिसन राउन्ड सकिसकेको छ । थ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप नै भट्टराई जजका रुपमा रहने छन् । शोको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा रहेका छन् । रिमाले नै कार्यक्रम सञ्चालन गर्नेछिन्।