दृष्य लाउन्जमा पहिलो नम्बरमा नाचे दीपक–दीपा र केकी

हिजो साँझ काठमाडौंको बानेश्वरस्थित आइप्लेस मलमा रहेको दृष्य लाउन्जको पहिलो एनिभर्सरीमा छक्का पञ्जा टिमको उपस्थितमा रहेका थिए। एनिभर्सरीम कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी, निर्माता तथा निर्देशक निर्मल शर्मा लगायतको उपस्थित रहेको थियो।

लाउन्जको एनिभर्सनीमा केक काट्दै दीपक–दीपा र केकी लगायतले आफ्नै फिल्म ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत बजाए। गीतको तालमा कोही गीत गाउँदै त कोही छम छम नाच्न थाले ।

उनीहरुको नाच हेर्न खुव रमाइलो रहेको थियो। यो लाउन्जमा १ सय २० भन्दा बढि अटाउन सक्छन्। साथै हरेक साँझ लाउन्जमा मनोरञ्जनका लागि लाइभ ब्यान्ड र देश तथा विदेशमा हुने खेल प्रत्यक्ष देखाउन एलइडी स्क्रिनबाट देखाउने गरिन्छ।