इन्दिरा जोशीद्धारा पोखराको बाटुलेचौरमा एबीसी मिनी मार्ट उद्घाटन

गायिका इन्दिरा जोशीले पोखराको बाटुलेचौरमा एबीसी मिनी मार्ट उद्घाटन गरेकी छन्। युवाहरुले खोलेको मिनी मार्टको बारेमा बोल्दै उनले एबीसी मिनी मार्ट उद्घाटन गर्दै युवाहरु विदेश छाडेर व्यवसायतर्फ लाग्नु निकै खुसीको कुरा भएको बताइन् । युवाहरु एकजुट भएर उद्योग व्यवसायमा लाग्न यसले प्रेरित गरेको पनि इन्दिराले स्पष्ट पारिन् ।

मिनी मार्ट खोलिएकोमा पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले पनि बाटुलेचौरमा पहिलो र सुविधायुक्त मार्ट सञ्चालन आएकोमा सञ्चालकहरुलाई बधाई तथा शुभकामना दिए। उनले यस ठाउँको विकासका लागि सबै नागरिक एकतावद्ध हुन आवश्यक रहेको बताए।
यस मिनी मार्टलाई पोखराका दीपक बस्नेतले एक करोड लगानीमा निर्माण गरेका हुन्। उनले थोरै लगानीमा मिनी मार्ट सञ्चालनमा ल्याएको र आवश्यकता अनुसार लगानी थप्दै र शाखासमेत विस्तार गर्ने उद्घोष गरे ।

यस मार्टमा हाल पाँच जना कर्मचारी रहेको पनि जानकारी दिए। उनले भने, ‘ग्राहकलाई सरल मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन हामी प्रतिवद्ध हुनेछौं । आशा छ हामी यो व्यवसायमा सफल हुनेछौं,’ सञ्चालक बस्नेतले भने, ‘बाटुलेचौर पोखराको एक पर्यटकीय क्षेत्र पनि भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा समेत यस संस्थाले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

यस मिनि मार्टमा डिजिटल विलिङ, डिजिटल पेमेन्ट सिस्टम, लोयल्टी कार्ड सिस्टम प्रयोग गरिएको छ। सञ्चालक बस्नेतले संकटपूर्ण अवस्थामा सबैभन्दा आवश्यकीय वस्तु भनेको खाद्य पद्धार्थ नै हो भन्ने शिक्षा कोरोना महामारीको समयले राम्रै पाठ सिकाएको बताए। कोरोना र लकडाउनबाट नै पाठ सिकेर आफुहरुले यो व्यवसाय सञ्चालन गर्ने सोंच बनाएको तर्क गरे।

उनी लामो समयदेखि जापानमा फेन्सी व्यवसायसमेत सञ्चालन गरेर नेपाल फर्किएका हुन् । करिव ५ वर्ष जापान बसेको अनुभव नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफुले व्यवसाय थालेको बताए। उनले यसमा पनि ग्रोसरी व्यवसाय महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।