दयाहाङ राई र नग्मा श्रेष्ठ अभिनित जीबनको ‘सँगसँगै कान्छी’ रिलिज

नेपाली रंगमन्चमा छुट्टै पहिचान बनाई सकेका रंगकर्मी जीवन बरालको म्युजिकल फिल्म ‘सँगसँगै कान्छी’ सार्बजनिक भएको छ । जमर्को इन्टरटेट्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा भुटानी शिविर र बाहिरी बस्तीका युवा युवतीको प्रेमिल कथालाइ प्रस्तुत गरिएको छ ।

संगीतको क्षेत्रमा म्युजिक भिडियो भन्दा केही फरकपन दिने हेतुका साथ सो सर्ट म्युजिकल फिल्म तयार पारिएको निर्माण पक्षले जानकारी दिएको छ । केही दिन अघि रिलिज भएको ‘संगसंगै कान्छी’ बोलको म्युजिक फिल्म निर्देशक बरालको पहिलो कोशेली हो । यसमा शरणार्थी युवक र आदिवासी युवतीको प्रेम सम्वन्धलाई कलात्मक शैलीमा देखाइएको छ। गीतमा नन्दु गुरुङको सुमधुर आवाज छ। अनिल धिरुलले गीतको शब्द लेखेका हुन् भने देव गुरुङ गीतका संगीतकार हुन् ।

यो म्युजिक भिडियो हेर्दा एउटा पूरा कथायुक्त चलचित्र हेरेजस्तो अनुभुती हुनेगर्छ । भुटानी शरणार्थी युवक नेपालमा बसेर शिक्षण पेसा गर्दागर्दै सोही शिक्षण संस्थाकि शिक्षिकासंग प्रेममा परेको कुरालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ।

भुटानी शरणार्थी युवकको भुमिकामा लोकप्रिय कलाकार दयाह्याङ राईलाई देख्न सकिन्छ। भिडियोमा अर्की कलाकार नग्मा श्रेष्ठ शिक्षिकाको भुमिकामा छिन् । दया र नग्माको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। दया र नग्माको जीवन्त अभिनयले भिडियोको कथावस्तुलाई झन पुर्णता दिएको आभाष हुनेगर्छ ।

भुटानी शरणार्थी भएकै कारण भिडियोमा केटी पक्षको परिवारले घृणा गर्ने, समाजमा पनि विभेद गरेको कुरा दयालाई थाहा हुँदाहुँदै पनि प्रेम गर्न नछोड्नु, उता युवती (नग्मा)ले पनि आफ्नो परिवारको आँखा छलेर भएपनि दयालाई प्रेम गर्नु जस्ता कुराले प्रेम र सम्बन्ध कहिल्यै पनि शरणार्थी नहुने कुरा प्रमाणित गर्छ।

अझ भनौं एउटा युवायुवतीको प्रेम सम्बन्ध कस्तो हुनुपर्छ ? प्रेमिल सम्बन्ध भनेको कस्तो हो ? भन्ने प्रश्नको जवाफ भिडियोले दिएको अनुभुति हुनेगर्छ। सुरुदेखि अन्तिम सम्म हेर्ने दर्शकलाई भिडियोको कथाले बाँधेर राख्छ। गीतको अडियोदेखि भिडियो सम्म निर्माण टिमले एकदम मिहेनत गरेको पाइन्छ।

यस्ता म्युजिक भिडियोहरु कमै मात्रामा निर्माण हुने गर्छन। दया र नग्माका अलवा सम्रान्त थापा, पुर्णमाया राई, भवानी दुलाल, सरोज तिमिल्सिना,काव्य बराल लगायतका कलाकारहरुको पनि भिडियोमा अभिनय रहेको छ।

भिडियोको कथा, परिकल्पना पनि निर्देशक बरालले नै गरेका हुन् । जमर्को इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज भएको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्ग्फेले खिचेका हुन् । भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् ।

भिडियो