‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन सुरु,प्रथम हुनेलाई २० लाख

नेपाल टेलिभिजनमार्फत दोहोरी गायन रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । लोकदोहोरी प्रतिभाहरुका लागि नयाँ रियालिटी ‘दोहोरी च्याम्पियन’ हुन लागेको हो । यसको लागि डिजिटल अडिसन सुरु भैसकेको छ । नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने रहेको च्याम्पियनलाई लोकगायक बद्री पंगेनी र लोक गायिका प्रिती आले संचालकको रुपमा रहने छन् ।

यहि फागुन १ गतेबाट सुरु भएको डिजिटल अडिसन ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । यस अडिसनमा सहभागिता हुनका लागि एक जना पुरुष र एक जना महिलाको कलाकारको टिम बनाई कम्तिमा ४–४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्ने आयोकजले जानकारी दिएको छ ।

यस ‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् भने दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । यो भन्दा अगाडी नेपाल टेलिभिजनमार्फत गायन रियालिटी शो नेपाल स्टार प्रसारण भएको थियो ।