‘पिके’को सिक्वेल बन्ने , यस्तो छ तयारी ?

- मेराेफिल्म

अभिनेता आमिर खान र राजकुमार हिरानीको सहकार्यमा फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । ७ वर्ष अघि निर्माण भएको पिकेको सिक्वेल बन्ने भएको हो । फिल्ममा आमिर पृथ्वीमा रणवीर कपुरसँगै फर्किएको दृश्यसँगै फिल्मको सकिएको थियो । जुन दोस्रो सिक्वेल बन्ने संकेत गरिएको थियो ।

फिल्म हेर्ने दर्शकले यो दृश्यसँगै दोस्रो श्रृंखला आउने अपेक्षा गरेका थिए । नभन्दै निर्माण टिमले दोस्रो सिक्वेलको घोषणा गरेको छ। पहिलो फिल्म हेरेका दर्शकले दुबै स्टारलाई सिक्वेलमा पनि सँगै हेर्न चाहेका छन् तर निर्माता विधुविनोद चोपडाले सिक्वेल निर्माणको घोषणा गरेका छन् ।

भारतिय मिडियका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ। फिल्मको स्क्रिप्टको काम सकिएपछि छायांकन थालिने छ। निर्माता विधुविनोदले एक अनलाईलाई भनेका छन् ‘हामी पैसा कमाउने व्यवसायमा छैनौं । हामी फिल्मको ब्यवसाय गरिरहेका छौं । पैसा कमाउनै परे मुन्ना भाइका छ–सात सिक्वेल बनिसक्थे । पिकेका केही सिक्वेल बनिसक्थे ।’

यसबीच हिरानीले रणवीर कपुरलाई लिएर बनाएको फिल्म सन्जु बक्सअफिसमा ब्लकबस्टर बनेको थियो । उनले पनि यहि सोचका कारण फिल्म ‘पिके २’ भित्र्याउन लागेका हुन् ।

२०७७ फागुन ९ गते ७:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *