केकीको ‘सुनसान मन’ रिलिज

गायिका रानी शाक्यले भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ लिएर आएकी छिन । यस गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गायिका शाक्यले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई मदन घिमिरेले निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई काठमाण्डौ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको छ। यस भिडियोको छायांकन रामेश्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का छ । शाक्यले यो गीत भन्दा अघि ‘सल्लाघारी,फेरी आज एकान्तमा ’ जस्ता गीत बजारमा ल्याइसकेकी छन् ।