विमल ,गरिमाको ‘पिरती छ धेरै’

प्रदिप अधिकारीको लय सिर्जनामा सिद्धार्थ आले मगर, सन्जय पुलामी प्रस्तुतिमा ‘पिरति छ धेरै’ बोलको गीत सार्वजनिक भएको छ ।
यस ‘पिरति छ धेरै’ बोलको गीतमा सिद्धार्थ र सन्जयका अलवा मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई रमेश बि.जिले लेखेका छन् ।
गीतको भिडियोलाई दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । भिडियोमा बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भनेसम्पादन मनोज कार्कीको छ ।