‘प्रेमको लालपुर्जा’ लोकार्पणमा छन्दे सम्मानित

उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ। उत्, उपन्यासलाई प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा समालोचक तर्कना शर्माले ‘प्रेमको लालपुर्जा’ माथि समीक्षात्मक मन्तव्य राखेकी थिइन। साथै कार्यक्रममा उपन्यासकार दिलु सिप्तुङ्खा राइलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान समेत गरेका थिए। सो कार्यक्रममा पत्रकार भगवती तिमल्सिना ज्यू र हास्य कलाकार गोपाल ढकाल छन्दे लाइलाई सम्मान गरिएको छ ।

तिमल्सिना र ढकाललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान गरिएका थिए । उक्त कार्यक्रममा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी आदिको उपस्थिति रहेको थियो ।