शर्मिलाको ‘पान सुपारी खाम्ला कुटुक्क’

शर्मिला तामाङको नयाँ गीत ‘पान सुपारी खाम्ला कुटुक्क’ सार्वजनिक भएको छ । सानै देखि सिर्जनशिल कलम चलाइरहेकी शर्मीला तामाङले नयाँ गीत ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत पनि स्रोतामाझ लिएर आएकी हुन् ।

यस गीतमा राजन कार्कीले गायनमा शर्मिलालाई साथ दिएका छन् । शर्मिला कै शब्द रहेको गीतलाई गायक राजनले लय भरेका हुन् । गीतको भिडियोमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने ,नबराज उप्रेतीको छायांकन , बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा लोमस शर्मा,सचिन परियार र उर्मिला गुरुङको अभिनय गरेका छन् । यसअघि शर्मिलाले ‘पान खायो मायाले चुना हालेर र हावा चल्यो’ जस्ता गीत स्रोतामाझ ल्याइसकेकी छन् ।