‘प्रसाद २’ मा विपीन र नम्रतापछि निश्चल जोडिए

- मेराेफिल्म

फिल्म ‘प्रसाद २’ मा निश्चल बस्नेतले अभिनय गर्ने पक्का भएको छ ।

दुई वर्ष अघि रिलिज फिल्म ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’मा अभिनेता निश्चल बस्नेत जोडिएका छन् ।

फिल्मका लागि हालै निश्चलले फिल्म निर्माण पक्षसँग औपचारिक सम्झौता गरेका हुन् ।

विपीन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेको यस फिल्मलाई सुभाष थापाले निर्माण गर्दै छन् भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

यी तीनै कलाकार अघिल्लो संस्करणको फिल्ममा पनि प्रमुख भूमिकामा थिए ।

दिनेश राउतले निर्देशन गरेको सिनेमा ‘प्रसाद’मा विपीन, नम्रता र निश्चलको अभिनय रहेको थियो ।

‘प्रसाद २’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने भएको छ । यो सिनेमाको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन् । ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चैतको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

२०७७ फागुन १० गते १९:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *