मिस इको इन्टरनेशनल २०२१ मा नेपालको प्रतिनिधि अनुश्मा

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी हुन् ।

मिस इको इन्टरनेशनलका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को बिजेता भएपछि छानिएकी हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुने छिन् ।

६० भन्दा बढी देशका इको सुन्दरीहरुको सहभागीता जनाउने उक्त प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।

२१ वर्षीया रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन् ।

कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफुले प्रचार गर्ने उनले बताइन् । मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाएका थिए ।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहेकी छन् ।