‘सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो’ – एकता कपुर

बलिउड टेलिभिजनकी चर्चित कार्यक्रम प्रस्तोता तथा प्रोड्युसर  एकता कपूरले महिलाको अधिकारका बारेमा कुरा उठाएकी छन् । बलिउड उद्योगकमा हुने गरेका यौन शोषणका बारेमा कपुरले बारम्बार महिलाहरुको अधिकारको बारेमा आवाज उठाउदै आएकी छन् ।

उनले धेरैजसो देशका महिलाको यौनको विषयमा गरिने कुराकानीलाई पाप मानिने तर ‘लिपस्टिक अंडर माय बुर्का’, ‘द डर्टी पिक्चर’, ‘डा‘ली किटी’ र ‘वो चमकते सितारे’ जस्ता फिल्मले महिलाको यौनको विषयमा उठादा नमानिने हुन्छ ? भन्दे प्रशन गरेकी छन् । उनले अहिले महिलाले उठाएको मुद्दा सही भएको बताएको भन्दै तारिफ गरेकी छन् ।

उनले भनेकी छन्,‘मलाई थुप्रै पटक टीभि सीरियलमा महिलाहरुलाई सारी, सिन्दुर लगाएर देखाएको विषयलाई लिएर प्रश्न गर्ने गरिन्छ । तर देशमा महिलाको विकास भएको देख्दा निकै हैरान हुन्छु ।’ उनले सारी वा स्वीमसुट लगाउनु महिलाको निजी इच्छा भएको बताएकी छन् । उनले महिलाले लगाउने कुरामा कसैले खोट लगाउनु गतिलो नभएको तर्क गरेकी छन् ।

उनले भनेकी छन्,‘ सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो । अधिकांश देशमा महिलाको कामुकतालाई पाप मानिन्छ ।’ रुढीबादी महिलाहरुको समस्यामा घरेलु हिंसाहरुको विषय धेरै हुने गरकेो पनि उने बताएकी छन् । यो बाहेक अन्य विषय फरक रहेको उनको भनाई छ।