फिल्म प्रचारमा प्रयोग गरेका राउटेहरु अहिले कहाँ छन् रेखा जी ? – पुष्कर भट्ट

अहिले नेपालमा निकै चर्चामा रहेको विषय हो समाज सेवा। एकथरीले पैसा मागेर कसैले घर बनाइदिदैमा समाजसेवा भनिदैन भनेका छन् भने कसैले समाज सेवा भनेर कुर्लिरहेका छन् ।

क्रिकेट रंगशाला निर्माणमा जुटेका कलाकारद्धय सिताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणमा ९ करोड रिन लागेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि अर्की माझीबस्ती निर्माणकी अभियन्ता स्वेता खड्काले आफुले पनि निर्माण गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि समाजसेवा कसलाई भन्नेबारेमा प्रश्न उठ्न थालेको छ।

अभिनेत्री रेखा थापाले पनि केहि राउटेका छोराछोरी पढाउनका लागि भन्दै ल्याइएको थियो । यसबारेमा पनि प्रश्न उठेको छ।
रेखा थापा फाउन्डेसनका म्यानेजर समेत रहेका पुष्कर भट्टले २०७१ सालमा फाउन्डेसनले उच्च शिक्षा–दिक्षा दिने भनेर काठमाडौं ल्याएका राउटेहरु अहिले कहाँ छन् भन्दै अभिनेत्री रेखा थापामाथी प्रश्न उठाएका छन् ।

पुष्करले आज (मंगलवार) विहान सामाजिक सञ्जाल फेसबुकमा रेखा थापालाई प्रश्न गर्दै फिल्म ‘हिम्मतवाली’ प्रमोसनको लागि नजानिँदो तरिकाले ४ जना राउटेहरुलाई फाउन्डेसनमार्फत् काठमाडौँ ल्याएका ति सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा बटुल्न सफल त तपाईं हुनु नै भयो तर त्यसको भोली पल्टै राउटेहरु कहाँ गए, कता गए र कसरी गए ?भन्दै प्रश्न गरेका छन् । उनले ति ४ जना राउटेको खोजि गरेका छन् ।
उनले भनेका छन्,‘ कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहनु भएको छ रेखाजी ?’

पुष्करले सामाजिक सञ्जालमार्फत रेखा थापा फाउन्डेसनका लागि २ र ३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको समेत बताएका छन् । उनले त्यो २,३ करोड कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । रेखाले एक अन्तरबार्ताकाक्रममा मागेर समाजसेवा नहुने भन्दे अभिव्यक्ती दिएपछि पुष्करे त्यसलाई लक्षित गर्दै अगाडी लेखेका छन्,‘के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरुले माग्दा तपाईंलाई सहन नहुने ?’

आफु रेखा पाउण्डेसनको म्यानेजर तथा सक्रिय सदस्य भएकाले अभिनेत्री रेखा थापाबाट आफुले यसको जवाफ पाउनुपर्ने बताएका छन् । उनले अन्तमा लेखेका छन्,‘ धेरै पत्रपत्रिकाहरुले फाउन्डेसन उद्घाटन गर्दा मुख्य समाचार बनाउनु भएको थियो तर तर फाउन्डेसनले के ग¥यो, के गर्दैछ ? फलोअप समाचार बनाउन पर्दैन थियो ? यो प्रश्न मेरो सम्पूर्ण मिडियाका साथीहरुलाई पनि छ ।’ यो आरोपको बारेमा अभिनेत्री रेखा थापाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

https://www.facebook.com/puskar.bhatta.146/posts/265061975070050