आफ्नो जवानीलाई सलाम भन्दै राजेश

फिल्म भन्दा पनि बढि म्युजिक भिडियो खेल्ने र घुमघाममा रमाइरहेका अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा केहि तस्विर सार्वजनिक गर्दै जवानीलाई मेरो सलाम लेखेका छन् ।

उनले आफुलाई अहिले पनि कलिलै उमेरको ठान्दै आइरहेका छन् । उनले लेखेको स्टाटसलाई पैतालिस सय भन्दा बढिले लाइक गरेका छन् भने यो समाचार तयार पार्दासम्म ८४ जनाले कमेन्ट गरेका छन् । उनको जवानीलाई धेरैले मन पराइदिएका छन् ।

उमेरमा ५ दशक नाघे पनि आफू २५,२६ वर्ष उमेर बताउदै आएका हमाल शरीरलाई फिट राख्न दैनिक व्यायाम गर्दै आएका छन् । जसका कारण पनि उनि आफुलाई पाको बन्दै गएको महसुस गरेका छैनन्। तीन दशकभन्दा लामो समय नेपाली फिल्म क्षेत्रमा विताइसकेका छन् । यो अवधिमा तीन सय बढी फिल्ममा अभिनय गरेका उनी पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका थिए ।

https://www.facebook.com/rajesh.hamal.5872682/posts/2866431866904985