घर बनाएपछि बिहे गर्ने पलको उद्घोष

अभिनेता पल शाहले हिजो आफ्नो ३० औं जन्मदिन जन्मदिन मनाएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को उद्घाटन गर्दै पलले घर बनाएपछि मात्रै बिहे गर्ने बताएका छन् ।

समाजसेवामा पनि सक्रिय रहेका पलले आफ्नो लागि घर बनाएपछि मौ बिहेको सुरसार कस्ने बताएका हुन् । दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको खुलासा गरेका छन् ।

उनले काठमाडौको बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेका छन् । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’ बिहे कहिले गर्ने भन्ने प्रश्नले वाक्क बनेका पलले फ्यानका लागि भएपनि बिहे गर्न लागेको सुनाए । बिहे गर्न भने केहि समय लाग्ने पलको भनाई छ ।

उनले भने,‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । अनि बिहेको सुरसार गर्छु । यसका लागि केहि समय लाग्छ ।’ उनले आफ्नो कसैसँग प्रेम नरहेको समेत बताएका छन् ।