अभिनेत्रीलाई आफ्नै बोली भारी


भारी हजुर भारी । नेपाली फिल्मका कलाकारलाई बोली भारी । बोलेको कुरा अरुलाई त सजिलो हो । आफूलाई गाह्रो हुने के । अभिनेत्री स्वेता खड्काले धुर्मुस सुन्तलीले बनाएको रंगाशाला जसतै आफूलाई पनि माझी बस्ती बनाउँदा ऋण लागेको, बोलेका दाताले नदिएको भनेर लेखिदिइन् स्टाटस । पर्यो अब फर्साद ।

बिहेको बेलामा करोडौ खर्च गर्ने स्वेताले बिहेपछि भने माझी बस्ती बनाउन पैसा छैन भन्दा कसले पत्याउने । समस्या पर्यो नी खुबै । उनको माझी बस्तीको बयान उनलाई नै भारी भयो ।

भारी अहिले रेखा थापालाई पनि । रेखाले पनि समाजसेवा भनेको आफैले गर्ने हो, मागेर किन गर्नु भनेर बोलिछन् कुन बेला । अहिले भयो भाइरल । रेखासँग रेखा फाउन्डेशनमा मेनेजर भएर काम गरेका कलाकार पुष्कर भट्टले हिम्मतवाली फिल्म बनाउने बेलामा राजधानी ल्याइएका राउटेहरु खै ।

तीनका बालक खै भनेर प्रश्न उठाए । अरुलाई भन्ने अनी आफूले समाजसेवाका लागि पैसा मागेको पैसा खै भनेर पुष्करले प्रश्न उठाए । समाजसेवाका लागि रेखाले बोेलेको कुरा उनलाई नै भारी । यसैले त आफू सिसाको घरमा बसेर अरुको घरमा ढुंगा हान्नु अघि सोच्न पर्छ भनेको होला नी है ।