आर्यनले खोजेको स्टार को होला ?


आर्यन सिग्देल । स्टार कुनै बेलाका । फिल्म उनले छोएपछि चल्ने । महंगा साह्रै । पारिश्रमिक जति मागेपनि दिन्थे फिल्म बनाउनेले । स्टारडम हो, आज छ भोली छैन भनेर कसले वुझ्छ । भैन्जेल सकिदैन कि जस्तो गर्ने हो । सकिएपछि गल्ती भयो भनेर पछुताएर के गर्नु । बचाउन आउने होइन कसैलाई ।

आर्यन सिग्देलको पनि यस्तै थियो क्रेज । अहिले फर्काउन लागेका त हुन् । तर, फर्किएला र स्टारडम । आर्यनले आकाशतिर हेर्दै स्टार खोजिरहेको बताए । आकाशतिर हेरेर उनले स्टार खोजिरहेको फोटो राखेर संकेत के गरेका होलान् ।
कि उनी आफ्नै स्टारडम खोजिरहेका छन् । कि त उनलाई नेपाली फिल्ममा स्टार खोज्नैपर्ने अवस्था आयो भन्ने लागेको होला भनेर भनौ । आर्यनले खोजेको स्टार के होला ?