इशानले स्मितालाई भने, ‘तिम्रो आँखामा बसिसकेछु’

सङीतकार तथा गायक इसान वसन्तले नयाँ गीत दर्शक तथा स्रोतामाझ लिएर आएका छन् । उनले को आफ्नै शब्द संगीतमा ‘तिम्रो आँखामा बसिसकेछु’ बोलको लिरिकल गीत सार्वजनिक गरेका हुन् ।

गीतमा इशानलाई गायनमा स्मिता दाहालले साथ दिएकी छन भने गीतलाई बिन्दबासिनी म्युजिक प्रालीको युट्युवबाट सार्वजनिक गरेको छ । गीतले अहिलेका पुस्ता तथा युवा पिडीले मन पराउने गायक इशानले बताएका छन् । उनले भने,‘गीत निकै राम्रो बनाएका छौँ । अहिलका युवापुस्तामा लक्षित गीत भएकाले युवापुस्ताले मन पराउने छन् भन्नेमा विश्वस्त छु ।’ यस गीतलाई बिकाश चौधरीले एरेन्ज गरेका छन् ।