संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन – भुवक केसी

अभिनेता भुवन केसीले संसद पुनस्र्थापनाको भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले हिजोसाँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको स्वागत गरेका हुन् ।

अभिनेता केसीले सवैंधानिक संकट टरेको तर नेतृत्वमाथिको आशंका नटरेको बताएका छन् । उनले मेरो नेता भन्ने अवसर दिन पनि आग्रह गरेका छन् उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन । आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ’टेकन फर ग्रान्टेड’ नलिनु होला । मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला । जय देश ! जय सिनेमा !’

उनले सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाँची गर्ने शाकलाई लगाम लगाएको पनि बताएका छन् । ‘सर्वोच्च अदालतको आजको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ । सँगै हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ । कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छः,उनले लेखेका छन् ।

https://www.facebook.com/bhuwankaycee/posts/10157943785207335