जीत र हार भनेर सोच्दा देशले हार्नेछ, नेताले जित्ने छन् : दीपकराज गिरी

हिजो सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै कलाकारले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । हरेक कुरामा आफुलाई चित्त नबुझे आफ्ना भनाई सामाजिक सञ्जालमा राख्दै आएका अभिनेता दीपकराज गिरीले अहिलेको यो फैसलालाई कसैको जीत र हारको रुपमा हेर्न नहुने बताएका छन् ।

उनले लेखेका छन् ,‘यो जीत कस्को ? यो हार कस्को ? यसरी सोच्ने वुद्दि कसैमा पनि नआओस् नत्र दल र नेताहरुले त जित्लान्, देशले हार्नेछ ।’ उनले अहिले जित र हालर भन्दा पनि नेताहरु मिलेर अगाडी बढ्दा राम्रो हुने सुझाव दिएका छन् । सबै जना मिलेर देशलाई समृद्धीको बाटोमा लैजान आवश्यक रहेको दीकले उल्लेख गरेका छन् ।