‘फटाह फणिन्द्रे’मा जोडिए बुद्धी र रवि

फिल्म ‘फटाह फणिन्द्रे’मा अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तम केसी अनुबन्धित भएको एक साता नबित्दै अन्य कलाकार थपिएका छन् । यस फिल्मका लागि निर्देशक बरुण खड्काले बुद्धी तामाङ र रवि डंगोल भित्रिएका हुन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार एग्रिमेन्ट भएको बताएका छन् ।

फिल्मका प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् भने निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् । फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । यस फिल्ममा रोशन श्रेष्ठको द्वन्द रहने छ भने रामजी लामिछाने र कबिराज गहतराजको नृत्य निर्देशन हुनेछ ।

त्यस्तै फिल्ममा विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहने निर्माण पक्षले जानकारी दिएको छ । अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्ममा उत्तम केसीको कथा , पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहने छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म चैत्रको पहिलोसाताबाट छायाँकन निस्कदैछ ।