विवाह बन्धनमा बाँधिए अन्जु र थिर

गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे बन्धनमा बाँधिएकी हुन् । उनीहरुले चर्चमा बिहे गरेको खबर बाहिरिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अन्जुले डिभोर्स गरेकी थिइन् । अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । तर, दुवैजनाले विवाहमा नगर्ने भन्दै तर्किएका अन्जु र थिरले गोप्य रुपमा विवाह बन्धनमा बाँधिएको बुझिएको छ ।