मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन – रिमा विश्वकर्मा

- मेराेफिल्म

अभिनेत्रीको विवाहको चर्चाले बेला बेलामा फिल्मीबजार गर्मराइ रहन्छ । हिजो कमेडी च्याम्पियनको दोस्रो भाग प्रसारण गर्न लागेको भन्दे गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छन् ।

उनले ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले आफ्नो बिहेको प्रसंग निकाल्दै अव फेरि विवाह गर्ने बेला भएको बताएकी हुन् । कार्यक्रममा उत्साहित बनेकी रीमाले अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ भन्दै कार्यक्रमको माहोल तताएकी थिइन् । उनले विवाहको कुरा त निकालिन तर कहिले विहे गर्ने हुन् त्यो चाही खुलाउन चाहिनन् ।

पहिलो विवाह गरेको २ वर्षमा नै डिभोर्स गरेकी रिमाले दोस्रो विवाहका तयारीमा लागेकी हुन् की भन्ने धेरैले अनुमान गरेका थिए । विहेको प्रशंगमा अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने बताइन् । हरेक कुरामा कोही पर्फेक्ट रहेको रिमाको तर्क थियो । ‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ ।

यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो,’उनले भनिन् । पत्रकारहरुले अव विवाह कहिले गर्नुहुन्छ भन्ने प्रशनमा रिमाले भनिन्,‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’

२०७७ फागुन १३ गते ७:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *