प्रभाष र आलिया भट्ट एकआपसमा भिड्दै

साउथका इन्डियन अभिनेता प्रभाषको फिल्म ‘बाहुबली र बाहुबली २’ले भारतमा धुम मच्चाएपछि प्रभाषको माग बढेको थियो । यस फिल्मपछि उनको हाइट पनि बढेपछि उनका हरेक फिल्म दर्शकले मन पराएका थिए।

उनै, प्रभाषले अभिनय गरेको फिल्म ‘राधे श्याम’ जुलाइको ३० तारिखबाट रिलिज हुने पक्का भैसकेको छ । विभिन्न ४ भाषामा रिलिज हुने यस फिल्मको अहिले जताततै चर्चा चलेको छ । किनभने यो समयमा अभिनेता प्रभाषलाई अभिनेत्री आलिया भट्टले चुनौती दिने भएकी छिन् । अभिनेत्री भट्टले अभिनय गरेको फिल्म ‘गांगुबाई काथियावाडी’को पनि यहि मितिमा रिलिज हुने तयारीमा रहेको छ । निर्माणपक्षले जुलाई ३० तारिखमा नै यो फिल्म रिलिज गर्ने घोषणा गरेपछि प्रभाषलाई चुनौती थपिएको हो ।

केहि दिन अघि निर्देशक संजयलिला भन्सालीको जन्मदिनको अवसर पारेर यस फिल्मको फस्टलुक सार्वजनिक गरिएको थियो । फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि तोकिएको हो । ‘गांगबाई’को छायांकन अहिले पनि भइरहेको छ। यस फिल्मको छायांकन चाँडै नसकिए समयमा फिल्म प्रदर्शन नहुने होकी भन्ने संकेत पनि गरिएको छ । अभिनेता अजय देवगणको करिब ९ दिनको छायांकन अझै बाँकी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

बलिउडमा निर्देशक संजयलिला भन्सालीलाई राम्रो फिल्ममेकरका रुपमा चिनिन्छ । उनको निर्देशनमा बनेका फिल्मले हिन्दी फिल्म हेर्ने दर्शकमा सधै नै उत्साह जगाउने गरेका कारण संजय प्रभाषको स्टारडमसँग उनी डराएका छैनन् । फिल्म प्रदर्शन एकै मितिमा प्रदर्शनको तयारीमा जुटेका दुवै फिल्मकर्मीलाई आर्थिक रुपमा भने केहि असर भने अवस्य पर्ने देखिन्छ ।