प्रशान्त ताम्राकार पनि भोजपुरीमा

अभिनेता प्रशान्त ताम्राकार भोजपुर फिल्ममा अभिनय गर्न थालेका छन् । चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘माही’मा उनी भिलेनको भुमिकामा देखिन लागेका हुन् ।

फिल्ममा भोजपुरी स्टार आनन्द ओझा अभिनेता रहेको यस फिल्ममा अभिनेत्री नीता ढुङ्गाना हिरोइनको रुपमा रहेकी छन् । यस फिल्ममा निर्देशक पन्तले बलिउड, भोजपुरी र नेपाली कलाकालाई लिएर बनाइरहेका छन् । हाल यो फिल्मको छायाँकन भइरहेको निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन २० प्रतिशत सकिएको छ भने अन्य सिन खिचिरहेको छ।

यस फिल्ममा प्रशान्त, नीताका अलवा बलिउड कलाकार प्रदीप रावत समेत मुख्य रहेनछ । रावत र ताम्राकार फिल्ममा भिलेनको रुपमा देखिने निर्माण युनिटले जनाएको छ ।