वर्षाजी, कालिपुरुष त छाड्नुहुन्न नी ?


प्रश्न सोझाउन त पाइयो नी हैन । अभिनेत्री वर्षा सिवाकोटीको फिल्म ठिकै चलेका हुन् भनेर भनौ । नाई नभन्नु ल २, पशुपति प्रसाद बाहेक त उनको फिल्म खास चलेका होइनन् । तर, माग घटेको होइन । वर्षा विवादमा कम परेर होला भनेर भनौ । उनलाई फिल्मको अफर आइरहेको छ । सुदुर फिल्म छाडिन् उनले । अब, कालिपुरुष गर्न तयार छिन् उनी ।

कालिपुरुष टिम नयाँ छ । वर्षा चलेकी अभिनेत्री । अरु, सबै नयाँ । वर्षाको काँधमा छ फिल्म भनेर भनौ ।

वर्षाको फिल्म छाड्ने इतिहास छ । सुदुर, मेरो पैसा खोई, गोपी जस्ता फिल्म छाडेकी छिन् उनले खेल्छु भनेर पनि ।

यही भएर वर्षामाथि प्रश्न सोझिने के । के हो वर्षाजी । कालिपुरुष खेल्ने हुनुभयो । छाड्नु त हुन्न नी । फिल्मको छायांकन सुरु नहुँदासम्म निर्माता ढुक्क हुँदा हुने हो कि के हो भनेर भनौ ।

वर्षाले कथा मन परेको छ भनेर भनेकी छन् क्यारे । खै हेरौ के हुने हो । तर, अब फेरि बहाना बनाएर उनले फिल्म नछाड्लिन् त ?