फेरि कंगनाका कारण समस्यामा ऋतिक

अभिनेत्री कंगना रनौतका कारण अभिनेता ऋतिक रोशन फेरि एक पटक समस्यामा परेका छन् ।

कंगनाले दायर गरेको  कंगनाको ई–मेलसँग सम्बिन्धित मुद्दामा अपराध शाखा मुम्बईले ऋतिक रोशनलाई सूचना दिँदै शनिबार बयान दिनका लागि बोलाएको छ ।

ऋतिक रोशनले शनिबार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने छ ।

कंगनाले ऋतिकले मेल पठाएको आरोप लगाउँदै आएको समयमा ऋतिकले मेल नपठाएको भन्दै कंगनामाथि छानबिन गर्न भन्दै मुद्दा दायर गराएका थिए । सोही मुद्दामा चेकजाँच चलिरहेको छ ।

कंगनाले सन् २०१३ देखि सन् २०१४ को बीचमा ऋतिकले आफ्नो अकाउन्टबाट १०० भन्दा बढी व्यक्तिलाई ईमेल पठाइदिएको आरोप लगाउँदै आएकी थिइन् । उक्त आरोपको खण्डन गर्दै ऋतिकले सन् २०१५ मा कंगनामाथि छानबिन गर्न मुद्दा दायर गराएका थिए । झण्डै ७ वर्ष पुरानो सोही मुद्दामा बयानका लागि उनलाई बोलाएको हो ।

ऋतिक रोशनले शनिवार आफैं उपस्थित भएर अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स यूनिटमा आफ्नो बयान दिनुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।