पल र अरुणबीचको विवाद सकियो , यसरी भयो सहमती

अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सकिएको छ । आज इलाका प्रहरी कार्यलय धरानले दुवैपक्षलाई कार्यलयमा बोलाएर अरुण र पलबीच सहमती गराएको हो ।

संघका अध्यक्ष अरुणले मेरोफिल्मसँग कुराकानीमा दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि सहमती भएको बताए ।
इलाका प्रहरी कार्यलय धरानका हेमराज ओलीले दुबैले कमजोरी स्विकार गर्दैै सहमती पत्रमा हस्ताक्षर गर्दै विवाद टुंगाएर अघि बढ्ने सहमती भएको छ ।
एक म्युजिक भिडियोका लागि धरान पुगेका पल शाह र अरुणबीच एक रेष्टुरेन्टमा खाना खाने क्रममा एकआफसमा विवाद भएको थियो । विवादका क्रममा पलका म्यानेजरले संघका अध्यक्ष अरुणलले आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै हिजो इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।