निर्देशक दीपक श्रेष्ठलाई कोरोना सङ्क्रमण

निर्देशक दीपक श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक गर्दै आफू सङ्क्रमित भएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत परीक्षण गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

श्रेष्ठले हालसालै फिल्म घिन्ताङको छायाङ्कन सुरु गरेका थिए । यो फिल्ममा गौरव पहाडी र लक्ष्मी बर्देवा मुख्य भूमिकामा देखिँदै छन् ।

Ma sanga samparkama hunu bhayako sathi haru Aafno khayal rakhanu hola …

Posted by Deepak Shrestha on Thursday, 25 February 2021