नक्कली इमेलका कारण प्रहरी चौकी पुर्यायो ऋतिकलाई

बलिउड अभिनेता ऋतिक रोशन नक्कली इमेल आइडीका कारण तनावमा परेका छन् । यहि नक्कली आइडीका कारण ऋतिक अहिले मुम्बई पुलिस कमिश्नरको अफिस पुगेका छन् ।

भारतिय समाचारका अनुसार मुम्बई प्रहरी क्राइम ब्रान्चको युनिटले नक्कली इमेल आइडी मामिलामा सन् २०१६ को ऊजुरी परेका थियो । ऋतिकको नक्कली आइडी बनाएर कंगनासँग कुरा गरिरहेको खुलासा भएपछि ऋतिक अहिले मुम्बई प्रहरी चौकी पुग्नु परेको हो ।
अनुसन्धानको विषयमा कंगना र उनकी बहिनीसँग पनि सोधपुछ गरि सकिएको छ छ भने सन् २०२० मा यो मुद्दा क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स युनिटलाई ट्रान्सफर गरिएको थियो ।

यसबारेमा थप अनुसन्धान भइरहेको पनि भारतिय प्रहरीले जनाएका छन् । नक्कली आइडी बनाएर कसले चलाइरहेको थियो भन्ने बारेमा प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।