यही २९ गते हुने ‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’को तयारी तीब्र

नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औं संस्करणको ‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ भब्य र सभ्य रुपले सम्पन्न गर्न कुनै कसर नछाड्ने इभेन्ट निर्देशक कमल जिसीले बताउँनु भएको छ ।

‘कोभिड १९’ ले प्रभावित पारेको अन्य अवार्ड छन् । कोरोना कहर पछिको यो पहिलो फिल्म अवार्ड हो । इभेन्ट निर्देशक जिसीका अनुसार कार्यक्रमको उद्घोषणको लागि आफ्नो बिधामा उत्कृष्ट पहिचान बनाइसकेका सन्दिप क्षेत्री, माल्भिका सुब्बा, सञ्जोक बस्याल तय भैसकेको छ भने कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुले नाचघरमा रिहर्लसल सुरु गरिसकेका छन् ।

कार्यक्रमको कोरियोग्राफी नरेशविर सिंह लगायतले गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमालको विशेष प्रस्तुति रहने छ भने साथमा सोभित बस्नेत, सुरक्षा पन्त, सलोन बस्नेत, जेबिका कार्की, लगायत दर्जन चर्चित कलाकारहरुले विशेष प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ । आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक तथा नेफ्टा अवार्डका इभेन्ट निर्देशक कमल जिसीका अनुसार यही फागुन २९ गते शनिवार आयोजना हुने नेपाली फिल्म क्षेत्रको महत्वपुर्ण अवार्ड समारोहको तयारी तिब्र बनाईको छ ।

अवार्ड समारोह सोल्टि होटलमा सम्पन्न हुनेछ । गत फागुन १ गते सोल्टि होटलमा आयोजित एक विशेष समारोहमा यो वर्षको नेफ्टा अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।