नेता रघुजी पन्तको निच सोच भएको कोमल ओलीको आरोप

राष्ट्रिय सभा सांसद एवं नेकपा नेत्री कोमल ओली प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तमाथि खनिएकी छन्। उनले ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी छन् । एक कार्यक्रममा नेता पन्तले पोइला जान पाम भन्दै पिडुला देखाएको भरमा सांसद भएको अभिव्यक्ती दिएका थिए ।
उनले भनेका थिए,‘कोमल ओलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो । कपाल फुलेर चाउरी प¥या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।’

उनको यो भनाईलाई लक्षित गर्दै वलीले ट्वीटरमार्फत कडा आपत्ती जनाएकी छन् । उनले आफ्नो भनाई सामाजिक सञ्जाल ट्वीटरमार्फत लेखेकी छिन्, ’हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।’उनले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै रघुजीलाई प्रश्नसमेत गरेकी छन । उनले लेखेकी छन्,‘पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

कोमलले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छन् । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको र यस्ता मानिसले गर्दा नै समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँने फेसबुकमा उल्लेख गरेकी छन् ।

https://www.facebook.com/OfficialKomalOli/posts/3107487622688244