इलामका टिका मगरलाई ‘हल अफ फेम सिजन २’ को उपाधि

- मेराेफिल्म

एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगीता हल अफ फेम सिजन २ को उपाधि ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको ग्रान्ड फाइनलमा आफुसँगका दुई प्रतिस्पर्धीलाई पन्छाउँदै टिका मगर विजेता बनेका हुन् ।

टिकासँगै ललितपुरका पूर्ण विक र बुटवलका विजय सुनारले फाइनल प्रतिस्पर्धी रहेका थिए । नारायण गोपालको  “तिमिलाई म के भनूँ ” गीतको अडियो क्लिप पठाएर सहभागीता जनाएका टिका मगर टप ५०, टप २७ टप टप ६ र टप ३ हुँदै उपाधि कब्जा गर्न सफल भए । टिकाले सुरुदेखी नै जजको सकरात्मक कमेन्ट पाएका थिए ।

विजेता बनेसंगै टिकाले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । उनले एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ सम्झौता र प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको अनलाईन प्रतियोगितामा टप ५० मा अफ्रिका, एसिया, अष्ट्रेलिया र युरोप महादेशका प्रतिस्पर्धी छनौटमा परेका थिए । टिका मगरलाई एमएनटीभी अष्ट्रेलियाको तर्फबाट हार्दिक बधाई ।

२०७७ फागुन १७ गते ७:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *