‘चिसो मान्छे’को छायांकन सुरु

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको छ । आज  शुभसाइत गर्दै फिल्मको छायांकन सुरु भएको जानकारी दिइयो ।

शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो फिल्मलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालले भने–‘हामीले फिल्मलाई काठमाण्डौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौ । फिल्मरको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’

यो फिल्मले समाजका चिसो मानिसहरुको कथा भन्ने उनले बताए । फिल्मलाई आफूले घाममा नखिच्ने उनले बताए ।

फिल्मलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले बताएको छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको फिल्मर ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।