अमेरिकामा धमाधम खिचिदै ‘परदेशी २’

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ धमाधम अमेरिकामा छायांकन भइरहेको छ । पढाईको शिलशिलामा विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुमा निर्माण भएको फिल्म अहिले अमेरिकामा छायांकन भइरहेको हो ।

नेपालका विभिन्न स्थानमा खिचिएको फिल्म ‘परदेशी २’को केहि सिन अमेरिकाको बाल्टिमोरमा छायांकन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ। यस फिल्मका मुख्य कलाकार दीलिप रायमाझी पनि अमेरिका पुगिसकेका छन् । अहिले दीलिपका अलवा फिल्ममा अमेरिकन कलाकार तारा लिन्हार्ट, लोक गायक प्रेमराजा महत र प्राज्ञी सुनारले अभिनय गरिरहेका छन् ।

फिल्म निर्माण पक्षका अनुसार यस फिल्मको सुटिङ प्याकअप अमेरिकामा नै हुने छ । यस फिल्मको कथा रमेश विजीले लेखेका हुन् भने राजेश वंशल र नारायण रायमाझीको फिल्ममा लगानी रहेको छ । फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू प्रमुख भूमिकामा छन् ।

फिल्म अर्को दसैमा प्रदर्शन गर्ने घोषणा गरि सकिएको छ । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ । साथै फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशन गरिरहेका छन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्मको निर्देशन गरेका छन् ।