कबड्डी ४ मा उपासना पनि जोडिएकी हुन् र ?


कबड्डी ४ को कुरा । कथा के हो भनेर भनौ । फिल्मको अन्तिम सिरिज भन्ने कुरा आयो । होला कि नहोला, रामबाबु गुरुङलाई थाहा होला । कबड्डी ४ बन्ने भैसक्यो । वैशाखको २ गतेबाट हुनेछ छायांकन । फिल्मको छायांकन सुरु हुन लाग्दा कलाकार को भनेर पनि सुरु भएको छ हल्ला ।

दयाहाङ राई, वुद्दि तामाङ र विजय बराल त फिल्ममा हुने भैहाले । अरु कोहोला । कबड्डी ३ मा काम गरेकी उपासना सिंह ठकुरी फिल्ममा होलिन् नहोलिन् भनेर प्रश्न आउन सक्छ ।

दयाहाङ राइले फिल्मको फोटो राखे । यो फोटो कबड्डी ३ को होला । तर, उनले यो बेलामा राखेका छन् फोटो, जुन बेला फिल्म कबड्डी ४ को कथाको बारेमा बहस भैरहेको छ ।

उपासनाले कबड्डी ३ मा राम्रो काम गरिन् । यसैले उनी ४ मा हुने संभावना छ । तर, दयाले राखेको फोटोले झनै बढाइदियो ढुकढुकी । उपासनाले डिसेम्बर फल्स सकेर आइन् । सत्यम्मा उनले काम गर्ने कुरा भैरहेको छ । यो बेला उनी कबड्डी ४ मा पनि जोडिएकी होलिन् त ? दयाको फोटोले गरेको संकेत यही त होला ।