पूजा र आकाशमा कस्तो इगो हो र ?


इगो हजुर इगो । इगो भयो भने त बर्बाद हुन्छ भनेर भनौ । मित्रतामा, मायामा, परिवारमा सबैमा इगोले सक्छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको इगो समस्या हो र भनेको । कुरा आयो यस्तै भनेर भनौ ।

पूजा र आकाशले दिए सँगै अन्तरवार्ता । तर, यो अन्तरवार्तामा उनीहरुले माया भन्दा बढी पोल खोले । आकाशले आफूले पूजालाई एकतर्फी माया गरेको भनेर भने । पूजाले दुबैसँग इगो भएको भनिन् । त भन्दा म के कमको इगो रे । तैले भनेको मैले किन मान्ने भन्ने इगो रे ।

यसले त सक्छ होला भनेर भनौ सम्बन्ध । पूजा र आकाश त प्रेममा छन् । बिहे नै गर्न लागेका छन् भनेर आएको होइन र खबर । तर, यो आइरहँदा इगोको कुरा । मन नमिल्ने कुरा । विचार नै नमिल्ने कुरा पो आयो त । यसले के देखाउन खोजेको होला ।

रामकहानी फिल्म खेलेपछि नजिक भए दुई जना । दुई जना नजिक भएपछि सम्बन्ध बढ्यो । मायाको कुरा बढ्यो । अहिले इगो दुइजनामा भनेर आयो कुरा । वुझ्न सकिएन हो दुई जनाको कुरा ।