समय अभाव देखाउदै अक्षयले छाडे सय करोड पारिश्रमिक बुझेको फिल्म

बलिउड अभिनेता अक्षय कुमार अहिले सबैभन्दा बढि ब्यस्त रहेका छन् ।  फिल्ममा काम गर्न भ्याइ नभ्याइ रहेको छ । यसका कारण केहि फिल्महरु  छाडेको समाचार बाहिरिन थालेका छन् ।

अक्षय कुमारले हालै निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । सय करोड पारिश्रमिक लिएका अक्षयकुमारले यस फिल्मका ज्याकी भगनानीले निर्माण गर्ने फिल्मका लागि अक्षयले सय करोड पारिश्रमिक बुझेका थिए । धेरै वटा फिल्मको छायांकनको समय जुधेपछि उनले फिल्म छाडेको बलिउड हंगामाले जनाएको छ ।

कुन फिल्ममा काम गर्न लागेका थिए भन्नेबारे जानकारी गराइएको भने छैन । तर , उनले मुदस्सरको फिल्मबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्ध गरेको छ । यस फिल्मका लागि अभिनेत्रीको टुङ्गो निर्माण पक्षले लगाएको छैन। ‘बाजिगर फूल और कांटे, रेस, भाग् मिक्का भाग’ जस्ता फिल्म छाडेका अक्षयले अहिलेको फिल्म छाड्नुलाई नौलो नमानेको निर्माण टिमको भनाई छ ।