बलिउड अभिनेत्री आलिया भट्टको आफ्नै होम प्रोडक्शन, ‘डारलिङ्स’ फिल्म बनाउने

बलिउड अभिनेत्री आलिया भट्टले प्रोक्सन कम्पनी खोलेकी छन्।

बलिउडमा कलाकारहरुले आफ्नै होम प्रोडक्शन खोल्ने र फिल्म तथा वेव सिरिज बनाउने लहर नै चलेको छ । नायिका दीपिका पादुकोणले आफ्नै होम प्रोडक्शन संचालन गरेर फिल्मनिर्माणमा हात हालेकी छिन् ।

आलिया भट्टले पनि होम प्रोडक्शन संचालनमा ल्याएकी हुन्। उनले कम्पनीको नाम इटर्नल सनसाइन प्रोडक्सन राखेकी छन्। आलियाले अभिनयसँगै अब फिल्म निर्माणको कामसमेत गर्नेछिन्।

सामाजिक संजालबाट यसको बारेमा जानकारी दिदै आलियाले होम प्रोडक्शन सुरु गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकीछिन् ।

उनले लेखेकी छिन्–‘आफ्नै होम प्रोडक्शन सुरु गर्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’

आलियाले अब चाडै नै फिल्म निर्माण गर्ने तयारी समेत थालेकी छिन् । उनले कम्पनीको लोगोमा दुई वटा बिरालो राखेकी छन्।

आलियाले आफ्नो होम प्रोडक्शनको लोगोमा विरालोको चित्र समेत समावेश गरेकी छिन् । आलियालाई विरालो निकै मनपर्ने भएकाले पनि उनले लोगोमा समावेश गरेको बताइएको छ ।

उनले ट्वीटरमार्फत् आप्नो कम्पनीबाट बन्ने पहिलो फिल्म डारलिङ्स हुने बताएकी छन्। यो फिल्मलाई आलियासँगै शाहरुख खानले पनि लगानी रहनेछ।

फिल्ममा आलिया भट्टसँगै सेफली साह, विजय बर्मा, रोशन मथिव अभिनय र जशमितले निर्देशन गर्नेछन्।