दक्षिण भारतिय फिल्ममा तीन नेपाली कलाकारको इन्ट्री

दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा तीन नेपाली कलाकारले अभिनय गर्ने भएका छन् । अभिनेत्रीका रुपमा स्वस्तिमा खड्काले आइतबार साइन गरि सकेकी छन् भने निर्देशक माओत्से गुरुङ र थिएटर आर्टिस्ट उमेश तामाङ पनि देखिने पक्का भएको छ ।

अनन्या फिल्मस् निर्माण कम्पनीका प्रतिनिधिले ३ नेपाली कलाकारले ‘थिरिमाली’मा अभिनय गर्ने पक्का भएको जानकारी दिएका छन् ।
अभिनेत्री स्वस्तिमा खड्काको यस फिल्ममा अभिनय गर्ने चर्चा केही समय अघिबाटै सुरु भएपनि आइतबारमात्रै फाइनल भएको हो । फिल्ममा उनले औपचारिक रुपमै साइन गरेपछि उनले फिल्म ‘थिरमिली’मा अभिनय गर्ने पक्का भएको हो ।

यता निर्देशक तथा कलाकार माओत्से गुरुङले पनि फिल्ममा अभिनय गर्न लागेको जानकारी गराएका छन् । उनले फिल्म निर्माण टिमसँग भेटेर कुराकानी समेत गरिसकेको बताएका छन् । दक्षिणी भारतिय फिल्म ‘थिरिमाली’लाई राजिव सेट्टीले निर्देशन गर्दैछन् भने यो फिल्म हिन्दी र नेपाली भाषामा पनि निर्माण हुने निर्माण पक्षको भनाई छ । यो फिल्म आगामी १५ मार्चदेखि फ्लोरमा जाने यो तयारी रहेको छ । फिल्मको छायांकन काठमाडौं र मुस्ताङमा केही भाग खिचिने छ ।