मिलनको ‘गोर्खा वारियर २’ को निर्माण घोषणा

निर्देशक मिलन चाम्सको फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा गरिएको छ । काठमाडौंमा एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै फिल्म ‘गोर्खा वारियर २ ’ को निर्माण घोषणा गरिएको हो ।

फिल्म ‘गोर्खा वारियर’ को छायांकन निर्माण नहुदै सिक्वेलको घोषणा गरिएको छ । फिल्मलाई यसै साताबाट छायांकनमा लगिने निर्देशक तथा निर्माता मिलन चाम्सले बताए । निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्य सहित ७ मिनेको क्लिप्स प्रदर्शन गरेका थिए ।

उनले गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्य एउटा बास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको पनि उनले बताए । उनले फिल्मको सिक्वेल ४ सम्म पुर्याउने पनि निर्देशक चाम्सले बताए । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो फिल्ममासह निर्माताका रुपमा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् ।

निर्माण पक्षका अनुसार फिल्मलाई नेपाल सहित मलेशिया र बेलायतमा खिचिने छ । फिल्म ‘गोर्खा वारियर २’मा अभिनेत्री रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसी सहितको मुख्य भूमिका रहने छ । यसै फिल्ममार्फत रितेस चाम्स फिल्ममा डेब्यु गर्दैछन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो फिल्मले नेपाल नेपालीलाई गोर्खा सैनिकको रुपमा श्रव्य दृष्य मार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे । यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तराष्ट्रिय फिल्म बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको भन्दै निर्माण टिमलाई शुभकामना दिए । कार्यक्रममा उपस्थित भएका कलाकार बिजय लामाले साहसिक गोर्खाली सैनिकको बारेमा निर्माण हुन लागेको फिल्ममा आफु पनि गोर्खा सैनिकको अफिसरको रुपमा यो देखिन लागेको बताए ।

फिल्मलाई निर्माण पक्षले अर्को साल विश्वव्यापी रिलिज गरिने बताएको छ। यस फिल्ममा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ ।